3 months ago
December 9, 2024
एजेन्सी – भारतीय तीव्र गतिका बलर मोहम्मद शिराजलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कारबाही गरेकोछ ।
अष्ट्रेलियासँगको दोस्रो टेस्ट खेल एडिलेडमा ट्रविस हेडलाई आउट गरेपछि गरेको अस्वभाविक सेलेब्रेसनको कारण आइसिसीले उनलाई एक डेमिरिट प्वाइन्ट दिनुको साथै २० प्रतिशत म्याच फि रकम काट्दै कारबाही गरेको हो ।
त्यस्तै हेडलाई पनि एक डेमिरिट प्वाइन्ट दिएकोछ । २४ महिना भित्र एक खेलाडीलाई ४ डेमिरिट प्वाइन्ट मिलेको खण्डमा एक टेस्ट, दुई ओडिआई वा टि ट्वान्टी आई खेल्न प्रतिबन्ध लाग्नेछ ।
हेडले पहिलो इनिङमा भारतविरुद्ध १ सय ४० रनको शतकीय इनिङ खेलेका थिए । उनलाई बोल्ड गरेपछि शिराजले आक्रोसित रुपमा केही भन्दै पेभेलिएन जान भनेका थिए । शिराजलाई हेडले पनि जवाफ फर्काएका थिए । मैदानमा खेल भावना विपरित भनाभन भएको हुँदा कारबाही गरेको हो ।
दोस्रो टेस्ट खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो । पहिलो टेस्ट अष्ट्रेलियाले २ सय ९५ रनले हारेको थियो । पाँच टेस्ट खेलको सिरिज १-१ को अवस्थामा छ ।
तेस्रो टेस्ट १४ डिसेम्बरदेखि सुरु हुनेछ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा स्थान बनाउन भारतले बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]