3 months ago
December 9, 2024
हिमाल खरेल, बिर्तामोड
झापाको बुद्धशान्तिमा दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको हुने भएको छ ।
बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा माघ ११ गतेदेखि १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए।
झापाका १५ वटै पालिकाको सहभागी हुने प्रतियोगितामा विजेताले १ लाख ५० हजार रुपैयाँ र दोस्रो टोलीले ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने बताइएको छ ।
हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार, सेमिफाइनलको प्लेयर अफ दि म्याचले ५ हजार र फाइनलको प्लेयर अफ दि म्याचले ७ हजार तथा प्लेयर अफ दि सिरिजलाई १३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
बुद्धशान्ति-२ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताको खेल तालिका मंसिर २९ गते सार्वजनिक हुने अध्यक्ष प्रसाईंले बताए ।
यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]