3 months ago
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।
कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेका अनुसार धवन आइतवार साझ एयर इन्डिया मार्फत स्वदेश फर्किएका हुन् । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् ।
उनी, घिमिरेसहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले झन्डै ४ घन्टा एभरेष्ट बेसक्याम्पमा समय बिताएको कर्णाली याक्सले जनाएको छ ।
यसअघि धवनले एनपिएलका दौरान पशुपति नाथ दर्शन गरेका थिए । धवनले आउँदो वर्षको मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेको पनि याक्सले जनाएको छ।
एनपिएलमा कर्णालीबाट ४ खेल खेलेका धवनलेले एक अर्धशतकसहित १ सय ३६ रन बनाएका थिए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए ।
‘राम्रो अनुभव भयो नेपाली खेलाडीलाई केही सिकाउने र मैले पनि केही सिक्ने मौका पाँए,’ धवनलाई उदृत गर्दै याक्सले भनेको छ । धवनले ४ खेलका लागि नै याक्ससँग अनुबन्ध गरेका थिए।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]