3 months ago
December 8, 2024
एजेन्सी – आठ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेशले यु १९ एसिया कप जितेको छ ।
युएईमा आइतवार भएको यु १९ एसिया कपको ११ औं संस्करणको फाइनलमा भारतलाई ५९ रनले पराजित गर्दै बंगलादेश लगातार दोस्रो पटक च्याम्पियन भएको हो ।
बंगलादेश यसअघि २०२३ मा युएईमा नै भएको यु १९ एसिया कपमा घरेलु टोलीलाई पराजित गर्दै च्याम्पियन भएको थियो ।
१ सय ९९ रनको लक्ष्य पछ्याएको भारतले ३५.२ ओभरमा अल आउट हुँदै १ सय ३९ रन मात्र बनायो ।
भारतका कप्तान मोहम्मद अमानले सर्वाधिक ३६ रन जोडे । हार्दिक राज २४, केपि कार्तिक्य २१, आन्द्र सिद्धार्थ २० तथा चेतन शर्मा १० रनमा आउट भए । बंगलादेशका लागि अजिजुल हाकिम र एकवाल होसैनले समान ३ तथा अल फहादले २ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश ४९.१ ओभरमा १ सय ९८ रनमा अल आउट भयो ।
बंगलादेशका रियाज होसनले सर्वाधिक ४७ तथा मोहम्मद जेम्सले ४० रन जोडे । फरिद हसन ३९, जवाद अबरार २० तथा कप्तान अजिजुल हाकिम १६ रनमा आउट भए ।
भारत यु १९ का लागि युदराज गुहा, चेतन शर्मा र हार्दिक राजले समान २ तथा किरन चोरमाली, केपि कार्तिय र आयुष महतराले समान १ विकेट लिए ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]