3 months ago
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् ।
सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ । चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ।
सुदूरपश्चिमले शनिवार लुम्बिनी लायन्ससँग खेलेको टोलीमा १ परिवर्तन गरेको छ । विदेशी खेलाडी दिलप्रित बाज्वाले एनपिएल डेब्यु गर्दा बसन्त खत्रीलाई बेन्चमा रहेका छन् ।
सुदूरपश्चिम रोयल्स प्लेईङ-११
दीपेन्द्रसिंह ऐरी, दिलप्रित बाज्वा, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर
चितवनले शुक्रबार कर्णाली याक्सविरुद्ध खेलेको टिम २ परिवर्तन गरेको छ । चितवनले ल्युक बेनकेनस्टेन र शरद भेषवाकरलाई बेन्चमा राखेको छ । रञ्जित कुमार हसन इसाखिललाई खेलमा मौका दिइएको छ ।
चितवन राइनाेजको प्लेईङ-११
कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, जान निकोल लफ्टी इटन, हसन इसाखिल, रिजन ढकाल, विपिन रावल(विकेटकिपर), दिपक बोहोरा, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तन्भिर
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]