3 months ago
December 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक १ रनको जित हासिल गरेको छ ।
लगातार चौथो जित निकाल्ने क्रममा आइतवारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई हराएको हो । १ सय ३७ को मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउँन सक्यो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन जोडे । उनले ३८ बलमा ३ चौका प्रहार गरे । रोहित १ सय ८१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेकोमा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरले लगातार चौथो जित हात पार्यो ।
टम मुर्सले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३१ रन जोडेर हर्ष को बलमा आउट भए । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ९ रन चाहिएको थियो । हर्षले ७ रन मात्र खर्चिएर टोलीलाई लगातार जित दिलाउन योगदान गरे ।
लुम्बिनीले पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १४ बलमा ८ रन जोडे । आशुतोष ललित राजवंशीको बलमा हर्षद्वारा क्याच भए । अर्का ओपनर अर्जुन साउद २३ बलमा २० रन बनाउँदै आउट भए ।
जनकपुरका लागि हर्षले ५ तथा किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनको योगफल बनाएको थियो ।
जनकपुरका कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे । अनिल सन्दीपको बलमा विवेक यादवबाट समातिए ।
लाहिरु मिलन्थाले २३ बलमा २ चौकाको सहयोगमा २४ रन बनाए । सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहेका लाहिरुको १ सय ६८ रन छ ।
यसै खेलमा डेब्यु गरिरहेका अभिशेष गौतमको बलमा लाहिरु आउट भए । शुभ कसांकरले २४ बलमा नट आउट २२ रन जोडे ।
लाहिरु आउट भए लगत्तै दुई बलमा पछि अभिशेषले नै हर्षलाई आउट गरे । त्यसको दुई बल पछि नै अभिशेषले अर्का विदेशी खेलाडी जिमी निशमलाई आउट पारे । अभिषेशले १३औं ओभरमा महत्वपूर्ण ३ विकेट लिँदै लुम्बिनीलाई खेलमा फर्काए ।
१६औं ओभरको दोस्रो बलमा विदेशी खेलाडी मोहसिन खानलाई कप्तान रोहितले एलबिडब्लु धरापमा पारे । मोहसिन आउट भएपछि क्रिजमा आएका शेर मल्ल त्यसको २ बलपछि रोहितको एलबिडब्लु धरापमा नै परे ।
पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै साद विन जाफरको बलमा विवेकबाट क्याच आउट भए । एक समय ९५ रनमा १ विकेट गुमाएको जनकपुरले ४१ रन जोड्दा ८ विकेट गुमाएको थियो ।
लुम्बिनीका अभिशेषले ४ ओभरमा २० रन खर्चिएर महत्वपुर्ण ३ विकेट लिए । कप्तान रोहित र साद विन जाफरले समान २ तथा सन्दीपले १ विकेट लिए ।
विजेता जनकपुरले प्लेअफ सम्भावना बलियो बनेको छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो ।
लगातार ४ खेलमा हार बेहोरेरको लुम्बिनीले यस हारबाट प्लेअफ सम्भावना कठिन भएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
आज हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]