3 months ago
December 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) मा भारतीय पूर्व ओपनर शिखर धवनको आगमनले चर्चा र उत्साह अर्को स्तरमा पुग्यो । एनपिएलमा धवनसँगै न्युजिल्यान्डका मार्टिन गप्टिल, जिमी निशम र अष्ट्रेलिया बेन कटिङ जस्ता ठूला नाम खेलेका छन् ।
धवनलाई कर्णाली याक्सले ४ खेल खेल्न नेपाल ल्याएको थियो । टिमका सहमालिक गृहेन्द्र घिमिरेले उनको अनुबन्धकै समयमा प्रतिखेल ३० हजार अमेरिकी डलरमा ४ खेलका लागि सम्झौता भएको बताएका थिए । यस अनुसार धवनले चार खेलमा १ लाख २० हजार डलर (१ करोड ६२ लाख नेपाली रुपैयाँ) पाउनेछन् ।
धवनबाट कर्णाली र समर्थकले जुन अपेक्षा गरेका त्यो किसिमको डोमिनेट प्रदर्शन भने गर्न सकेनन् । तर उनले आफ्नो स्तर भने प्रस्तुत गरे । ४ खेलमा धवनले १ सय ३६ रन बनाए । रनको मात्र हिसाब गर्ने हो भने धवनले बनाएको प्रति रनको मूल्य कर्णालीलाई १ लाख १९ हजार रुपैयाँ पर्न गएको छ ।
धवनले ४ खेलमा कुल १ सय ११ बल खेल्दा १२ चौका र ६ छक्कासहित १ सय ३६ रन बनाए । टि ट्वान्टी क्रिकेट भनेको चौका र छक्काको (बाउन्ड्री) को खेल हो । उनले चार खेलमा कुल १८ बाउन्ड्री हाने ।
धवनको आगमनले मैदानभित्र त कर्णालीलाई फाइदा पुग्यो नै, मैदानबाहिर त्यो भन्दा बढी प्रभाव जमाउन सफल रह्यो । प्रायोजकहरुलाई आकर्षण गर्न धवनको प्रोफाइलले कर्णालीलाई सहयोग पुगेको थियो । यस्तै भारतीय क्रिकेट र नेपाललाई जोड्ने कडीको रुपमा धवन उभिए । उनको आगमनले कर्णालीको समर्थन गर्ने दर्शकको संख्या पनि बढेको थियो ।
सामाजिक संजालमा पनि धवन आउने खबरपछि धेरैले कर्णालीमा चासो बढाएका थिए । त्यसैले उनको अनुबन्धनले कर्णालीलाई मैदानभित्र मात्र नभएर अन्य क्षेत्रमा पनि फाइदा पुगेको देखिन्छ । उनले टिममा रहँदा बिताएको समयले पनि नेपाली खेलाडीलाई राम्रो अनुभव भएको छ ।
एनपिएलमा उनले जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्दा १४ बलमा ३ चौकासहित १४ रनमा आउट भए । उनलाई क्यानडाका अलराउण्डर हर्ष ठाकेरले बोल्ड गरे । उक्त खेलमा १ सय ४१ रन बनाएको कर्णाली ८ विकेटले हारेको थियो।
दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध धवनले ५१ बलमा ४ चौका र ५ छक्कासहित कुल ७२ रनको अविजित इनिङ खेले । कर्णालीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन बनाएपनि ३ विकेटले पराजित भएको थियो ।
त्यसपछि धवनले चितवन राइनोजविरुद्ध ४१ बलमा ४ चौका र १ छक्कासहित ४५ रन जोड्दै कर्णालीलाई ६ विकेटको जित दिलान मद्दत गरे।
त्यो खेलमा धवन नामिबियाका अलराउण्डर जेन निकोल लोफ्टी इटोनकै बलमा क्याच फिर्ता दिँदै आउट भएका थिए । यद्यपि अम्पायरलाई उक्त निर्णय दिन भने टिभी अम्पायरको सहारा लिएर पनि निकै समय लागेको थियो ।
आफ्नो अन्तिम खेलमा धवन विराटनगर किंग्ससँग ५ रनमा आउट भए । उक्त खेलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सीले धवनलाई ५ रनमा बोल्ड आउट गरेका थिए । त्यसमा कर्णाली ६ रनले विजयी भएको थियो ।
धवन सुरुवातमा सर्वाधिक रन बनाउनेमा शीर्ष चारमा अटाएका छन् । समान ३ खेलमा लुम्बिनीका रोहित पौडेल १ सय ४६, जनकपुर बोल्ट्सका लाहिरु मिलन्था १ सय ४४ र सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी १ सय ३९ रनका साथ शीर्ष तीनमा छन् । कर्णाली ४ खेलमा २ जित र २ हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]