3 months ago
December 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा २ अर्धशतकको सहयोगमा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले मध्यम योगफल तयार गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा शनिवारको दोस्रो खेलमा विराटनगरले कर्णालीबाट १ सय ३४ रनको मध्यम लक्ष्य पाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३३ रन मात्र जोड्यो ।
कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६६ रन जोडे । उनले ४९ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । ६६ रन जोडेका बोसिस्टो क्रिस सोलले एलबिडब्लु धरापमा पारे ।
ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रन जोडे । एनपिएलमा आफ्नो पहिलो अर्धशतक देवले ४० बलमा पूरा गरेका थिए । ८ बलमा ३ रन जोडेका देव पाँचौ ओभरको पहिलो बलमा प्रतिस जिसीको बलमा सुवास भन्डारीले क्याच मिस गरे । ५३ रन जोड्दै खनाल बसिर अहमदको बलमा क्रिस सोलबाट क्याच आउट भए ।
कर्णालीका ओपनर तथा पुर्व भारतीय टोलीका ओपनर शिखर धवन ५ बलमा ५ रन बनाउँदै आउट भए । धवनलाई प्रतियोगितामा पहिलो पटक नेपाली बलरले आउट गरे । धवनलाई प्रतिस जिसीले दोस्रो ओभरको तेस्रो बलमा बोल्ड आउट गराए । कर्णालीले पछिल्लो सात बलमा ५ विकेट गुमाएको थियो ।
कर्णालीका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । विराटनगरका लागि अन्तिम ओभरमा ४ विकेट लिदै मेडन ओभर गरेका प्रतिसले ४ ओभरमा १७ रन खर्चिएर ४ विकेट लिए । बसिर अहमद, क्रिस सोलले समान २ तथा अकिब इल्यासले १ विकेट लिए ।
आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि ४५ रनको जित हात पारेको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]