default_image

2 months ago

December 7, 2024

विराटनगरले टस जित्यो

945 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सातौं दिनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले टस जितेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बलिङ रोजेका हुन् ।

विराटनगरले पछिल्लो खेलमा खेलेको टिममा ३ परिवर्तन गरेको छ । अनिल खरेल, राजेश पुलामी मगर तथा इस्मात आलम बेन्चमा रहँदा सुवास भन्डारी, नरेन भट्ट र अकिब इल्यासले खेलमा मौका पाएका छन् ।

विराटनगर किंग्सको प्लेइङ-११

सन्दीप लामिछाने, लोकेश बम(विकेटकिपर), मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, सुवास भन्डारी, राजेश पुलामी मगर र अकिब इल्यास

कर्णालीले शुक्रवार चितवन राइनोजसँग खेलेको टोलीमा कुनै परिवर्तन गरेको छैन ।

कर्णाली याक्सकाे प्लेईङ-११

सोमपाल कामी, शिखर धवन, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी, नन्दन यादव

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

February 4, 2025

अर्जुन ट्रफी – लोकेशको अर्धशतकमा धनगढीको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

Success

Thank you for your time.