3 months ago
December 7, 2024
एजेन्सी – टेस्ट क्रिकेटमा तीन वर्षपछि बलरले ह्याट्रिक गर्न सफल भएका छन् । इंग्ल्यान्डका तीव्र गतिका बलर गस एट्किन्सनले दोस्रो टेस्ट खेलमा न्युजिल्यान्डविरुद्ध दोस्रो दिन पहिलो इनिङमा ह्याट्रिक लिए ।
उनले ३५ औं ओभरको तेस्रो बलमा नाथन स्मिथलाई १४ रनमा बोल्ड, चौथो बलमा म्याट हेनरीलाई क्याच र पाँचौं बलमा टिम साउथीलाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरे ।
पछिल्लो पटक टेस्ट क्रिकेटमा सन् २०२१ जुनमा दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले वेष्टइण्डिजविरुद्ध ह्याट्रिक लिएका थिए । त्यस्तै २०२० मा पाकिस्तानका नसिम साहले बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए । इंग्ल्यान्डबाट भने २०१७ मा मोइन अलीले दक्षिण अफ्रिकाविरुद्ध गरेको हयाट्रिकपछि पहिलो हो । एट्किन्सनले समग्रमा टेस्ट इतिहासको ४७ औं ह्याट्रिक लिएका हुन् ।
न्युजिल्यान्ड पहिलो इनिङमा १२५ रनमा अल आउट भयो । इंग्ल्यान्डका बायडेन क्रास र गस एट्किन्सनले ४-४ विकेट लिए । दोस्रो इनिङ थालेको इंग्ल्यान्ड २७ ओभरमा १४९-१ को अवस्थामा छ । बेन डकेट र ज्याकेब बेथेल ६८-६८ रनमा क्रिजमा छन् । इंग्ल्यान्डले समग्रमा ३०५ रनको अग्रता लिएकोछ ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा दोस्रो जितका लागि आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक अर्काको सामना गर्दै छन् । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य […]
February 24, 2025
एजेन्सी – रचिन रविन्द्रको शतकसँगै न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीमा समूह चरणको अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशलाई आइतवार ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अन्तिम चारमा पुगेको छ। समूहबाट भारत पनि सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेल न्युजिल्याण्ड र भारतबिच हुनेछ। बंगलादेश र पाकिस्तानले अन्तिम खेल अघि नै प्रतियोगिताबाट बाहिरिएको छ । २ सय […]