default_image

3 months ago

December 6, 2024

चितवनलाई हराउँदै कर्णालीको पहिलो जित

1480 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ ।

तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा शुक्रवारको पहिलो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको छ । १ सय ३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४६ रन जोडे । उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । लगातार दोस्रो अर्धशतक बनाउन चुकेका धवन जान निकोल लफ्टी इटनको बलमाकट एण्ड बोल्ड भए ।

चाल्डिक वाल्टन रवि बोपाराको बलमा एलबिडब्लु भए । उनले १९ बलमा ३ छक्काको सहयोगमा ३० रन जोडे । अर्का ओपनर देव खनालले ३४ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।

देव कुशल मल्लको बलमा एलबिडब्लु आउट भए । अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक रहेकोमा कर्णालीका अर्जुन घर्तीले ६ तथा जिशान मक्सुदले ४ रन प्रहार गरेर कर्णालीलाई पहिलो जित दिलाए । चितवनका लागि रवि बोपारा, कुशल मल्ल र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार गरेको थियो ।

लुम्बिनीका रवि बोपाराले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । लिगमा लगातार दोस्रो अर्धशतक बोपाराले ३५ बलमा पूरा गरेका थिए ।

मंगलवार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा पनि बोपाराले अर्धशतक बनाएका थिए । एनपिएलमा लगातार अर्धशतक बनाउँने बोपारा पहिलो खेलाडी हुन् ।

कप्तान कुशलले २७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । ठूलो सट खेल्ने प्रयासमा कुशल जिशान मक्सुदको बलमा बाउन्ड्रीमा गुलशन झाबाट समातिए ।

विपिन रावलले १५ बलमा ११ रन जोडे । विपिन जिशानको बलमा बोल्ड आउट भए । १७औं ओभरमा युवा बलर विपिन शर्माले २ विकेट लिएसँगै कर्णाली खेलमा पुर्ण रुपमा हाबी भएको थियो ।

कर्णालीका लागि विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । जिशान र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो ।

तेस्रो खेलमा पहिलो जित हात पारेको कर्णालीको २ अंक भएको छ । तेस्रो खेलमा चितवनको यो पहिलो हार हो । आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुँदैछ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.