3 months ago
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – रवि बोपाराको अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई सामान्य लक्ष्य दिएको छ ।
शुक्रवारको पहिलो खेलमा टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार गर्यो ।
चितवनका बोपारले सर्वाधिक ५९ रन जोडे । उनले ४० बलमा ७ चौका र १ छक्काका प्रहार गरेका थिए । लिगमा लगातार दोस्रो अर्धशतक बोपाराले ३५ बलमा पूरा गरेका थिए ।
गत मंगलवार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा पनि बोपाराले अर्धशतक बनाएका थिए । एनपिएलमा लगातार अर्धशतक बनाउँने बोपारा पहिलो खेलाडी हुन् ।
कप्तान कुशल मल्लले २७ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । ठूलो सट खेल्ने प्रयासमा कुशल जिशान मक्सुदको बलमा बाउन्ड्रिमा गुलशन झाबाट समातिए ।
विपिन रावलले १५ बलमा ११ रन जोडे । विपिन जिशान मक्सुदको बलमा बोल्ड आउट भए । १७औं ओभरमा युवा बलर विपिन शर्माले २ विकेट लिएसँगै कर्णाली खेलमा पुर्ण रुपमा हाबी भएको थियो ।
कर्णालीका लागि विपिन शर्माले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । जिशान मक्सुद र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो । आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीचमा खेल हुदैछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]