3 months ago
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर बलिङ रोजेका छन् ।
बुधवार काटमाडौं गुर्खाजसँगको खेलमा टिममा कर्णालीले २ परिवर्तन गरेको छ । कर्णालीले भुवन कार्कीको स्थानमा युनिश विक्रम सिंह ठकुरी र बाबर हायतको स्थानमा विलियम बासिस्टोलाई मौका दिएको छ ।
कर्णालीको प्लेईङ-११
सोमपाल कामी, शिखर धवन, चाडविक वाल्टन(विकेटकिपर), विलियम बासिस्टो, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, युनिश विक्रम सिंह ठकुरी, नन्दन यादव
चितवनले मंगलवार पोखरा एभेन्जर्सविरुद्ध खेलेको टिम १ परिवर्तन गरेको छ । चितवनले हसन इसाखिलको स्थानमा जान निको लफ्टी इटनलाई मौका दिएको छ ।
चितवनको प्लेईङ-११
कुशल मल्ल, शरद भेषवाकर, रवि बोपारा, जान निकोल लफ्टी इटन, ल्युक बेनकेनस्टेन, रिजन ढकाल, विपिन रावल(विकेटकिपर), दिपक बोहोरा, अमरसिंह राउटेला, सन्तोष कार्की, सोहेल तन्भिर
चितवन सुरुवाती २ खेलमा जितका साथ बलियो स्थितीमा रहेको छ । चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । लगातार तेस्रो जित सहित शीर्ष स्थानमा उक्लिने लक्ष्यमा चितवन रहेको छ ।
लगातार दुई खेलमा पराजित कर्णाली पहिलो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौंसँग कर्णाली पराजित भएको थियो ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]