3 months ago
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती दुवै खेलमा जितेको जनकपुर त्यहि लयलाई निरन्तरता दिन चाहन्छ ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।
पोखरा आफ्नो पहिलो खेलमा पराजित भएको थियो।पोखरा कुशल भुर्तेलको र जनकपुर अनिल शाहको कप्तानीमा रहेको छ ।
पोखराले मंगलबार चितवन राइनोजसँग खेलमा खेलेको टिमबाट किरण ठगुन्ना र बास डि लिडेलाई बेन्चमा राखेको छ । पोखराका आन्द्रेस गौस र आकाश चन्दले प्लेईङ११ मा मौका पाएका छन् ।
पोखरा एभेन्जर्सको प्लेईङ-११
कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, माईकल लिस्क, नारायण जोशी, आकाश चन्द, विपिन खत्री, आन्द्रस गौस, रेमन रिफर, म्याट क्रिट्ली
जनकपुरले सोमवार कर्णाली याक्सविरुद्धको खेलमा खेलेका शेर मल्ललाई बेन्चमा राखेको छ । बुधवार मात्र यु १९ एसिया कप खेलेर पर्किएका हेमन्त धामीलाई खेलमा मौका दिएको छ । हेमन्त यु १९ को नेपाली टिमका कप्तान रहेका थिए ।
जनकपुर बोल्ट्सको प्लेईङ-११
अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, तुल मगर, हेमन्त धामी, किशोर महतो र ललित राजवंशी
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]