3 months ago
December 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ ।
बुधवारको दोस्रो खेलमा लुम्बिनीले विराटनगरलाई जितका लागि १ सय ९२ रनको बलियो लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गर्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए । लामो सटको प्रयासमा रोहित राजेश पुलामी मगरको बलमा बाउन्ड्रीमा प्रतिस जिशीबाट क्याच भए । टोम मुर्सले १७ बलमा ३१ चौका र ३ छक्काको सहयोगमा ३० रन जोडे । दुई रन लिने चक्करमा मुर्स रन आउट हुन पुगे ।
पहिलो विकेटका रुपमा आउट भएका आशुतोष घिरैयाले १३ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन जोडे । आशुतोष सिंगल लिने धुनेमा रन आउट हुन पुगे । अर्जुन साउदले १९ बलमा १७ रन बनाए । अर्जुन इस्मात आलामको बलमा बोल्ड आउट भए ।
सन्दीप जोराले १३ बलमा १२ तथा साद विन जाफरले १३ बलमा १५ रन जोडे । जाफरलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले मार्टिन गप्टिलद्वारा क्याच आउट गराए । त्यसको दुई बलपछि नै बेन कटिङ सन्दीपको बलमा इस्मात आलामबाट रन आउट भए ।
विवेक यादव ७ बलमा ३ छक्काको सहयोगमा १९ रनमा नट आउट रहे । विराटनगरले २९ रन खर्चिएको थियो ।
विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो । आजै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि ३ विकेटको जित हासिल गरेको थियो । काठमाडौंले दोस्रो खेलमा पहिलो जित हात पार्दा कर्णालीले लगातार दोस्रो हार बेहोरेको हो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मंगलबार मुलपानीमा भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । ललितपुरले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।