default_image

3 months ago

December 4, 2024

विराटनगर टस जितेर बलिङमा

573 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को बुधवारको दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर बलिङ रोजेको छ ।

टियु क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ रोजेका हुन् । लिगमा पहिलो खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहान्छ ।

सुदूरपश्चिम रोयल्ससँग खेलेको मंगलवारको टोलीलाई नै विराटनगर किंग्सले लुम्बिनीसँगको खेलमा निरन्तरता दिएको छ । काठमाडौंले यसअघिका दुवै खेल गुमाएको थियो।

आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । दोस्रो खेलमा काठमाडौंको यो पहिलो जित हो । कर्णालीले लगातार दोस्रो खेलमा हार बेहोरेको हाे।

विराटनगर किंग्सको प्लेइङ-११

सन्दीप लामिछाने, लोकेश बम, मार्टिन गप्टिल, क्रिस सोल, निकोलस कीर्तन, प्रतिस जिशी, बसिर अहमद, दिपक बोहोरा, अनिल खरेल, राजेश पुलामी मगर र इस्मत आलाम।

लुम्बिनी लायन्सको प्लेइङ-११

रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, सुर्य तामाङ, आशुतोष घिरैया, दुर्गेश गुप्ता, टम मुर्स, बेन कटिङ, साद वीन जाफर र रेमन सिमोन्डस

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.