3 months ago
December 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर शिखर धवनको अर्धशतकमा कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं गुर्खाजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
बुधवारको पहिलो खेलमा कर्णालीले काठमाडौंलाई १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे । उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । धवनको एनपिएलमा यो पहिलो अर्धशतक हो । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए ।
ओपनर धवनले २५औं बलमा पहिलो बाउन्ड्रि प्रहार गरेका थिए । उनले पहिलो बाउन्ड्रि १३औं ओभरको चौथो बलमा प्रहार गरेका थिए । उनले पछिल्लो २६ बलमा ५२ रन प्रहार गरे । चाल्डिक वाल्टनले १५ बलमा ५ चौकाको सहयोगमा २१ रन जोडे । चौथो ओभरको पाँचौ बलमा वाल्टन जेहार्ड एरास्मसको बलमा करण केसीबाट समातिए । बाबर हायतले १८ बलमा १३ रन जोडे । हायत दीपेश कडेलको बलमा बोल्ड आउट भए ।
गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । उनी जेहार्ड एरास्मसको बलमा विकेट किपर स्टेफन स्किनाजीले स्टपीङ गरे । जिशान मक्सुद ११ बलमा १ चौकाको सहयोगमा १४ रन बनाउँदै नट आउट रहे ।
त्यसअघि चितवन राइनोजविरुद्धको पहिलो खेलमा विकेटविहिन बनेका करण केसीले पहिलो ओभरको तेस्रो बलमा विकेट लिन सफल भए । करणले रनको खाता नखोल्दै देव खनाललाई आउट गराए । जनकपुर बोल्ट्ससँगको पहिलो खेलमा ५ बलमा १ रनमा आउट भएका देवले रनको खाता खोल्नै सकेनन् । देव करणको एलबिडब्लु धरापमा परे ।
अर्जुन घर्तीले ३ बलमा १ चौकाको सहयोगमा ४ रन जोडे । अर्जुन नाथन स्वटरको बलमा बोल्ड आउट भए । कर्णालीले पछिल्लो पाँच ओभरमा कुनै विकेट नगुमाइ ५८ रन जोडेका थियो । काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।