3 months ago
December 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को बुधवारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन् ।
काठमाडौं पहिलो खेलमा खेलेका डान डुथवेटलाई बेन्चमा राखेको छ । काठमाडौंले अर्का विदेशी खेलाडी नाथन स्वटरलाई खेलमा मौका दिएको छ ।
काठमाडौं गुर्खाजको प्लेईङ-११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दीपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), नाथन स्वटर
कर्णालीले पहिलो खेलमा खेलेका मौषम ढकाललाई बेन्चमा राखेको छ । कर्णाली ट्यालेन्ट हन्टकाट टोलीमा समेटिएका विपीन शर्मालाई खेलमा मौका दिएको छ ।
कर्णालीको प्लेईङ-११
सोमपाल कामी, शिखर धवन, चाडविक वाल्टन(विकेटकिपर), बाबर हायत, जिशान मक्सुद, अर्जुन घर्ती, देव खनाल, विपिन शर्मा, गुलशन झा, भुवन कार्की, नन्दन यादव,
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौं करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।
February 25, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेलमा वर्षा वाधक भएको छ । पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेलको टस समेत वर्षाका कारण हुन सकेको छैन । अस्ट्रेलियाले पहिलो खेलमा इङ्ग्ल्याण्डलाई पराजित गरेको थियो । इङ्ग्ल्याण्डलाई हराउँने क्रममा अस्ट्रेलियाले आईसिसी प्रतियोगितामा पहिलो पटक ३ सय ५० रन माथिको लक्ष्य भेटेको थियो । उता, दक्षिण […]