3 months ago
December 4, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलोमा पराजित काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच खेल हुदैछ ।
आजको पहिलो खेलमा कर्णाली र काठमाडौं खेल्न लागेका हुन् । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन् ।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौं करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुदैछ । टियु क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । लिगमा पहिलो खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहान्छ ।
विराटनगर लगातार दुई हारसँगै लिगको खराब सुरुवात गरेको छ । यस खेलमा जित निकाल्दै लयमा फर्कने लक्ष्यमा विराटनगर रहेको छ ।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।