default_image

1 month ago

December 3, 2024

अफगानिस्तानमाथि नेपालको रोमान्चक जित

3703 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा मंगलवार नेपालले अफगानिस्तानमाथि रोमान्चक जित हासिल गरेको छ ।

एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानमाथि १ विकेटको रोमान्चक जित हात पारेको हो ।

१ सय २४ रनको सामान्य लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन जोडे । उनले ५४ बलमा २ चौका प्रहार गरे ।

एक समय ८४ रनमा ८ विकेट गुमाएर हार नजिक पुगेको नेपालका लागि कप्तान हेमन्त धामीले ३३ बलमा नट आउट २२ रन बनाउँदै रोमान्चक जित दिलाए । उनले नवौं विकेटका लागि अभिषेक तिवारीसँग मिलेर ३१ रनको महत्वपूर्ण साझेदारी गरे । अभिषेकले १३ बलमा १३ रन बनाए ।

त्यसअघि युएईको सारजाहमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुँदै १ सय २३ रन जोड्यो ।

अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । खातिर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे ।

नेपालका लागि युनिश विक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।

यस जितसँगै नेपालले सान्त्वना जितका साथ प्रतियोगिता सकेको छ । अफगानिस्तान शतप्रतिशत हारका साथ प्रतियोगिताको अन्त्य गरेको छ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।

January 16, 2025

एलिट कप फाइनल- आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कपको उपाधि जित्नका लागि विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबबाट मध्यम रनको लक्ष्य पाएको छ । वीरगंजमा जारी फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीवार आर्मीले जितका १ सय ३ रनको मध्यम लक्ष्य पाएको हो । दोस्रो इनिङमा पुलिसले १ सय ३९ रनमा अलआउट भएको छ। ९ […]

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

एलिट कप फाइनल – आर्मीविरुद्ध पुलिसको सामान्य अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]

Success

Thank you for your time.