3 months ago
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को सुरुवात टिमले चाहे अनुसारको हुन नसकेको विराटनगरका कप्तान सन्दीप लामिछानेले बताएका छन् ।
सिद्धार्थ बैंक एनपिएलमा सुरुवाती दुई खेलमा लगातार पराजित पछि कुराकानी गर्दै आफु लगायतको प्रदर्शन सोचेको जस्तो आउन नसकेको कप्तान सन्दीपले बताए ।
‘टोलीमा म लगायतबाट जुन आशा रहेको थियो । त्यस अनुसारको प्रदर्शन देखाउन सकेका छैनौं । अरु खेलहरुमा प्रदर्शन सुधार्ने छौं,’ सन्दीपले भने ‘हामीहरुले आज सुदूरपश्चिमविरुद्ध नराम्रो खेलेका भन्दा नि उहाँहरुले राम्रो खेल्नु भयो ।’
उता, विराटनगरलाई पराजित गरेको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफुले हाम्रो खेल हेर्न आउनु भएको दर्शकबाट दबाब अनुभव नगरेको बताए ।
‘दर्शकको यस्तो माहोलले गरेर राम्रो अनुभव भएको छ । यस्तो माहोलले हामीलाई अघि बढाउन धेरै सहयोग पुग्नेछ,’ कप्तान दीपेन्द्रले बताए । आजको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।