3 months ago
December 3, 2024
सुबास हुमागाईं, काठमाडौं
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गत चौथो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दैछन् । विराटनगर आफ्नो दोस्रो खेल खेल्दा सुदूरपश्चिमले पहिलो खेल खेलिरहेको छ ।
लिगमा पहिलो खेल खेल्ने क्रममा सुदूरपश्चिमले ३ जना मात्र विदेशी खेलाडी आफ्नो प्लेइङ-११ मा उतारेको छ । न्युजिल्याण्डका स्कट कुगेलेइन, इंग्ल्यान्डका सेफ अली जेब र स्कटल्याण्डका ब्रान्डन मक्मलेन मात्र सुदूरको टोलीमा छन् । यूएईका रोहन मुस्तफा भने वैकल्पिक सूचीमा नै छन् ।
रोहनको उडानमा ढिलाई हुँदा उनले पहिलो खेल गुमाएका हुन् । क्यान स्रोतका अनुसार रोयल्सले मुस्तफा नआउने भएपछि ३ विदेशी खेलाडी मात्र उतार्न विशेष स्वीकृति अनुरोध गरेको थियो । एनपिएलको प्राविधिक समितिले स्थितिलाई ध्यानमा राख्दै स्वीकृति दिएको हो । मुस्तफा खेल सुरु हुनुभन्दा केहीबेर अघि नेपाल अवतरण भइसकेका छन् । उनको उडान विहान ८:२० मा ल्याण्ड भएको र टस हुने समयभन्दा अघि आउन नसक्दा खेल्न नपाएका हुन् ।
सुदूरले आज आइकोनिक खेलाडी वसन्त खत्रीलाई उतारेको छ । यस सिजनको एनपिएलमा ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी उतार्ने सुदूर पहिलो खेलाडी हो । सुदूरपश्चिमका अर्जुन कुमाल र नरेन साउद पनि यू१९ टोलीसँग एसिया कप खेल्दैछन् ।
विराटनगरले भने आजको खेलमा दुई परिवर्तन गरेको छ । जनकपुरसँग हारबाट आकिब इल्यास र जितेन्द्र मुखियाको स्थानमा इस्मात आलम र दीपक बोहोरा खेल्दैछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]