3 months ago
December 3, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आजको पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्र सिंह ऐरीको कप्तानीमा खेल्नेछ। खेल कीर्तिपुरमास्थित टियु क्रिकेट मैदानमा बिहान ९:०० बजे सुरु हुनेछ ।
विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दै छन् । खेल दिउँसो १:०० बजे सुरु हुनेछ ।
कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ । चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]