default_image

3 months ago

December 2, 2024

रिफ्रेस जुस सुदूरपश्चिम रोयल्सको बेभरेज पार्टनर

629 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – रिफ्रेस जुस र सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच प्रायोजन सम्झौता भएको छ ।

काठमाडौंमा एक कार्यक्रममाझ रिफ्रेस जुस र सुदूरपश्चिम रोयल्सबीच बेभरेज पार्टनरको लागि सोमवार सम्झौता भएको हो ।

रिफ्रेस जुसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुइ जोंगलिन र सुदूरपश्चिमका तर्फबाट सिइओ प्रकाश खड्काले हस्ताक्षर गरेका हुन् ।

रिफ्रेस जुसका सिइओ जोंगलिनले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । ‘रिफ्रेस जुसले नेपाली क्रिकेटको समग्र विकासका लागि सुदूरपश्चिम रोयल्सलाई साथ दिएको हो । हामीले खेलकुदलाई अझ उचाइमा पुर्‍याउन आफ्नो दायित्व बुझेर यो सम्झौता गरेका हौं । यो सहकार्यका लागि उत्साहित छौं,’ जोंगलिन बताए ।

सिइओ खड्काले एनपिएल यात्रामा सहकार्य गर्ने उद्देश्यले रिफ्रेस जुस जोडिनुभएकोमा रिफ्रेस जुस लाई धन्यवाद व्यक्त गरे ।

‘हाम्रो उपाधि जित्ने लक्ष्यमा रिफ्रेस जुसको साथले थप बल पुगेको महसुस हामीले गरेका छौं । आशा छ हामीले उपाधि जितेर थप खुसी दिनेछौं,’ खड्काले भने ।

सुदूरपश्चिमले यसअघि मुख्य प्रायोजकको भूमिकामा ग्लोबल आईएमई बैंकसँग सम्झैता गरेको थियो ।

यसबाहेक एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको आयोजनामा ८ टोलीको सहभागी रहेको‌ एनपिएल पुस ६ गतेसम्म चल्नेछ। सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् ।

मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले मंगलवार आफ्नो पहिलो खेलमा विराटनगर किंग्सको सामना गर्नेछ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.