3 months ago
December 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ ।
सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए ।
काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।
तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए । चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे ।
पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए । शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए ।
तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए । राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे ।
चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।
शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचकाे खेल दिउँसाे १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।