3 months ago
December 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध चितवन राइरोजले टस जितेको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका हुन् ।
सोमवारको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस हारेर ब्याटिङ गर्दैछन् ।
शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचकाे खेल दिउँसाे १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।
चितवन राइनोजको प्लेईङ-११
कुशल मल्ल (कप्तान), रिजन ढकाल, शरद भेषवाकर, विपिन रावल (विकेटकिपर), दीपक बोहरा, अमरसिंह राउटेला, रवि बोपारा, हसन इशाखिल, लुक बेन्केनस्टेइन, सोहेल तन्वीर, सन्तोष कार्की
काठमाडौं गुर्खाजको प्लेईङ -११
करण केसी (कप्तान), भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दीपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस, डान डाउथवेट
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।