default_image

3 months ago

December 2, 2024

नेपाल प्रिमियर लिगमा आज दुई खेल

938 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिपुरस्थित टियु मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सोमवार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुवातको लक्ष्यमा रहेका छन् ।

चितवन युवा खेलाडी कुशल मल्ल र काठमाडौं अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रनेछ ।

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचकाे खेल दिउँसाे १ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ।

जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.