3 months ago
December 1, 2024
एजेन्सी – केही महिना अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को अध्यक्षमा निर्वाचित जय शाहको कार्यकाल आइतवार सुरु भएको छ । शाहले ग्रेग बार्कलेको स्थान लिएका हुन् ।
‘आइसिसीको अध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा म गौरवान्वित छु र आइसिसी निर्देशक तथा सदस्य बोर्डको सहयोग र विश्वासका लागि आभारी छु,’ शाहले आफ्नो कार्यकालको पहिलो दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
उनले भनेका छन्, ‘ खेलका लागि रोमाञ्चक समय हो किनकि हामी एलए २८ ओलम्पिक खेलको तयारी गरिरहेका छौं । क्रिकेटलाई थप समावेशी बनाउन र विश्वभरका प्रशंसकका लागि आकर्षक बनाउन काम गरिरहेका छौं ।’
‘हामी धेरै ढाँचाहरूको सह-अस्तित्व र महिला खेलको विकासलाई गति दिने आवश्यकताको साथ एक महत्वपूर्ण मोडमा छौं । क्रिकेटले विश्वव्यापी रूपमा अथाह सम्भावना बोकेको छ र म आइसिसी टोली र सदस्य राष्ट्रहरूसँग मिलेर यी अवसरहरूको सदुपयोग गर्न र खेललाई नयाँ उचाईमा पुर्याउन उत्सुक छु ‘ शाहले बताए ।
शाह आइसिसीकाे अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । आइसिसीमा उनी अहिलेसम्मका सबैभन्दा कम उमेरका अध्यक्ष हुन् । शाह ३६ वर्षको उमेरमा उनी आइसिसीको अध्यक्ष निर्वाचित भएका हुन् ।
आइसिसीको अध्यक्षमा निर्वाचित हुनुअघि शाह भारतीय क्रिकेट बोर्ड बिसिसिआईको सचिव थिए । शाहले यसअघि एसियन क्रिकेट काउन्सिल(एसिसी) को अध्यक्ष तथा आइसिसीको वित्त तथा व्यावसायिक मामिला समितिको अध्यक्षको रूपमा पनि काम गरेका थिए ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।