default_image

3 months ago

December 1, 2024

बंगलादेशसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

2495 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी यु १९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल आइतवार बंगलादेशसँग ५ विकेटले पराजित भयो । १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका लागि ओपनर जबार अबाररले सवौधिक ५९ रन बनाए । उनले ६५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए । अर्का ओपनर कलिम एलेन रनको खाता नै नखोली नेपाली कप्तान हेमन्त धामीको बलमा आउट भए ।

कप्तान मोहम्मद हाकिम तमिमले ७१ बलमा २ चौका र ३ छक्काको सहयोगमा ५२ तथा मोहम्मद फरिदले ३१ बलमा १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भएको थियो ।

ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए ।

पहिलो खेलमा श्रीलंकासँग पराजित नेपालको यो लगातार दोस्रो हार हो । बंगालादेशको यो लगातार दोस्रो जित हो । बंगालादेशले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिएको छ ।

एसिया कपमा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।

एसिसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

सहभागीटोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.