default_image

4 months ago

December 1, 2024

लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल

675 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ।

एनसेल र लुम्बिनीबीच आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभले सम्झौता पत्रमा हस्ताक्षर गरे।

एनसेलले एनपिएललाई पनि पावर्ड बाई गरेको छ। जिसी, काइमोभ, टोलीका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेललगायत खेलाडीले टोलीले एनपिएलमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरे।

एनसेलका सिइओ काइमोभले क्रिकेट विश्वमा लोकप्रिय रहेको छ उल्लेख गर्दै एनपिएल सफल हुने विश्वास लिएको बताए। एनसेलले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको र टोलीलाई सफलताको‌ लागि शुभकामना दिए।

टोलीका अध्यक्ष जिसीले एनसेलसँगको सम्झौताले नेपाली क्रिकेटको पूर्ननिर्माणका लागि महत्वपूर्ण रहने बताए ।‌ उनले एनसेलसँगको सहयात्रा लामो समय रहने विश्वास व्यक्त गरे।

लुम्बिनी लायन्सको एन्थम संगका गायक सुरज क्षेत्री ‘भिओमा’ ले टोलीलाई सफलताको शुभकामना दिए। विराटनगर किङ्ससँग बुधवार खेल्दै लुम्बिनीले एनपिएलको सुरुवात गर्नेछ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.