3 months ago
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
६ देश सहभागी विश्व कपको लिगमा चौथो स्थानमा रहँदै नेपाल पहिलो पटक सेमिफाइनल पुगेको हो । नेपालले सन् २०१२ देखि विश्व कपमा सहभागी हुँदै आएको छ ।
नेपालले आइतवार हुने सेमिफाइनलमा घरेलु टोली पाकिस्तानको सामना गर्दैछ । लिगमा शीर्षस्थानमा रहँदै पाकिस्तान अन्तिम चारमा पुगेको हो।
पाकिस्तानले लिग चरणमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।
लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई हराएको थियो । नेपालसँग पराजित दक्षिण अफ्रिका र अफगानिस्तान लिग चरणबाटै बाहिरिएका छन् ।
अर्को सेमिफाइनल बंगलादेश र श्रीलंकाबीच हुनेछ । लिग चरणमा पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच सेमिफाइनल हुनेछ । फाइनल मंगलवार हुनेछ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।