default_image

3 months ago

November 30, 2024

यु १९ एसिया कप – पाकिस्तानसँग भारत पराजित

1036 views

0 Bookmark

एजेन्सी – युएईमा जारी यु १९ एसिया कपमा पाकिस्तानले भारतलाई पराजित गरेको छ ।

पाकिस्तानले शनिवार भारतलाई ४३ रनले पराजित गरेको हो । २ सय ८२ रनको लक्ष्य पछ्याएको भारत ४७.१ ओभरमा २ सय ३८ रन जोड्दै अल आउट भयो ।

भारतका निखिल कुमारले ७७ बलमा ६७ तथा मोहम्मद इनानले २२ बलमा ३० रन जोडे ।

पाकिस्तानका लागि अलि राजाले ३,अब्दुल सुवान र फहम उल हकले समान २ तथा नभिद खान र उस्मान खानले समान १ विकेट लिए ।

त्यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।

पाकिस्तानका लागि ओपनर शाहजिब खानले सर्वाधिक १ सय ५९ रन जोडेका थिए । उनले १ सय ४७ बलमा ५ चौका र १० छक्का प्रहार गरेका थिए ।

अर्का ओपनर यस्मान खानले ९४ बलमा ६० रन जोड्नु बाहेक अन्य ब्याटरले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि सम्राट नागराजले ३,आयुष महतराले २ तथा युद्धजित गुहा र किरण चोरम्लेले समान १ विकेट लिए ।

समूह ‘बी’ मा रहेको नेपाल शुक्रवार भएको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो ।नेपालले आफ्नो दोस्रो खेलमा आइतवार बंगलादेशको सामना गर्नेछ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.