3 months ago
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपिएल) को लाहिरु मिलन्थाको अर्धशतकको सहयोगमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ ।
शनिवारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।
१ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरुले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । जनकपुरका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका लाहिरुले ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।
तेस्रो विकेटका लागि लाहिरुले हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए ।
त्यसअघि जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमायो। अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा आउट भए । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिसीको बलमा बोल्ड आउट भए ।
पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोली आउट भएका हुन् । आसिफलाई क्रिस सोलले बोल्ड आउट गराएका हुन् ।
विराटनगरका लागि क्रिस र प्रतिसले समान १ विकेट लिए ।
त्ससअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।
विराटनगरका ओपनर मार्टिन गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए ।
गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी ठाकरको बलमा अनिल शाहबाट समातिए ।
अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितिमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा पहिलोसहित ३ विकेट लिए । किशोर महतो र ठाकरले समान २ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए ।
उप निर्वाचनका कारण एनपिएलमा आइतवार खेल हुनेछैन । सोमवार हुने दुई खेलको पहिलो खेल काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।