3 months ago
November 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग(एनपिएल) मा आफ्नो पहिलो बलमा नै विकेट लिएका छन् ।
विराटनगर किंग्सविरुद्ध पहिलो फिल्डीङ गरिरहेको जनकपुरका लागि ललितले दोस्रो ओभरको पहिलो बलमा नै विकेट लिएका हुन् । ललितले ६ बलमा ५ रन बनाएका लोकेश बमलाई बोल्ड आउट गराएका हुन् ।
अहिले विराटनगरका लागि मार्टिन गप्टिल र अकिब इल्यास क्रिजमा रहेका छन् ।
विराटनगरले दोस्रो ओभरको समाप्तीमा १ विकेट गुमाएर ७ रन जोडेको छ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।