default_image

1 hour ago

November 30, 2024

एनपिएल आजबाट, पहिलो दिन एक खेल हुदैं

567 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुदैछ ।

लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा इतिहासमा नै पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा दुवै टिम जितका साथ सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानमा मैदान उत्रदै गर्दा जनकपुरको कप्तानी अनिल शाहले गर्ने छन् ।

पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । लिगमा कुल ३२ खेल आयोजना हनेछन् । लिगका सबै खेल कीर्तिपुरमा रहेको टियु मैदानमा नै हुनेछ ।

November 29, 2024

एक्स-एज सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा

काठमाडौं (हाम्रो खेलकुद)- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स-एजबीच प्रायोजन सम्झौता भएको छ । रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स-एजसँग शुक्रबार सम्झौता गरेको हो । सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स-एक नेपालका निर्देशक श्रीमान सवार्थियाले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सिइओ खड्काले रोयल्सको एनपिएल यात्रामा सहयात्री बनेकोमा एक्सएजलाई […]

November 29, 2024

एनपिएल खेल्न नेपाल आइपुगे धवन

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर कप (एनपिएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका भारतका पूर्व ओपनर शिखर धवन नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवार कर्णालीका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे लगायतले स्वागत गरेका थिए । खनाल र घिमिरेले भारत पुगेर धवनसँग सम्झौता गरेका थिए। उनले कर्णालीबाट कम्तिमा ४ खेल […]

November 29, 2024

मयनको अर्धशतक बाबजुत नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर मयन यादवको अर्धशतकका बाबजुत नेपाल युएईमा आजबाट सुरु यु १९ एसिया कपमा श्रीलंका पराजित भएको छ । शुक्रवार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ५५ रनको हार बेहोर्न पुग्यो । श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो । नेपालका लागि […]

Success

Thank you for your time.