3 months ago
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर मयन यादवको अर्धशतकका बाबजुत नेपाल युएईमा आजबाट सुरु यु १९ एसिया कपमा श्रीलंका पराजित भएको छ ।
शुक्रवार भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले ५५ रनको हार बेहोर्न पुग्यो ।
श्रीलंकाले दिएको २ सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १ सय ७८ रन बनाउँदै अल आउट भयो । नेपालका लागि ओपनर मयनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए । मयनले ८३ बलमा अर्धशतक पूरा गरेका थिए ।
अर्का ओपनर आकाश त्रिपाठीले ३३ बलमा १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२ तथा नरेन साउदले १६ रन जोडे ।
त्यसअघि युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रनमा समेटिएको थियो ।
श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । उनी सन्तोष यादवको बलमा एलबिडब्लु आउट भए । श्रीलंकाले पहिलो विकेटका रुपमा पुलिन्दु परेरालाई २ रनमा गुमाएको थियो । परेरा हेमन्त धामीको बलमा सन्तोष यादवद्वारा समातिएका थिए ।
लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोड्दै सन्तोष यादवको बलमा आउट भए । कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे । श्रीलंकाले एक समय ३ विकेट गुमाएर १ सय ६७ रन बनाएर बलियो योगफल बनाउँने संकेत दिएको थियो । तर, ६६ रन जोड्दा बाँकी ७ विकेट गुमाउँन पुग्यो ।
नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । युवराज खत्रीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १ विकेट लिए ।
एसिया कपमा नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका ८ देशले सहभागिता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत बर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह बीमा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।