3 months ago
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ मध्ये ७ टोलीले आफ्नो मार्की खेलाडीलाई कप्तानको जिम्मेवारी दिदाँ जनकपुर बोल्ट्सले भने मार्की नरहेका क्रिकेटरलाई नेतृत्व दिएको छ ।
एनपिएल सुरु हुने अघिल्लो दिन शुक्रवार आयोजित कप्तानसँगको अन्तक्रिया कार्यक्रममा जनकपुरका तर्फबाट अनिल शाह कप्तानको रुपमा प्रस्तुत भए ।
आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको अनिलले बताए । ‘मलाई स्थानिय खेलाडीको जानकारी धेरै हुने भएकोले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिईएको हो,’ अनिलले भने ‘टिमले ममाथि विश्वासका साथ यो जिम्मेवारी दिएको छ । यसलाई सफलताका साथ पूरा गर्ने मेरो प्रयास हुनेछ ।’
नेपाली खेलाडीको लागि भएको अक्सनमा आठै टोलीले अधिकतम १५ लाख मुल्य लगाउने अनिल एक मात्र खेलाडी थिए । गोला प्रथामा उनी जनकपुरमा परेका थिए । जनकपुरले शनिवार उद्घाटन खेलमा विराटनगर किंग्ससँग खेल्दैछ ।
अन्य टोलीका मार्की एवम् कप्तान
कर्णाली याक्स – सोमपाल कामी
विराटनगर किंग्स – सन्दीप लामिछाने
चितवन राइनोज – कुशल मल्ल
काठमाडौं गुर्खाज – करण केसी
पोखरा एभेन्जर्स – कुशल भुर्तेल
लुम्बिनी लायन्स – रोहित पौडेल
सुदूरपश्चिम रोयल्स – दीपेन्द्रसिंह ऐरी
जनकपुर बोल्ट्स
मार्की – आसिफ सेख
कप्तान – अनिल शाह
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।