3 months ago
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आज सुरु भएको यु १९ एसिया कपमा नेपालका ओपनर मयन यादवले श्रीलंकाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
२ सय ३४ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनर मयनले अर्धशतक पूरा गरेका हुन् । मयनले ८३ बलमा छक्काको साथ अर्धशतक पूरा गरेका हुन् ।
मयनले अर्धशतक पूरा गरे लगत्तै सन्तोष यादवका रुपमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
त्यसअघि २१ ओभरको पहिलो बलमा भिमास दिमिकाको बलमा आउट २५ बलमा १२ रन बनाउँदै अर्जुन कुमाल आउट भए । नेपालले पहिलो विकेटका रुपमा ओपनर आकाश त्रिपाठीलाई गुमाएको थियो ।
११औ ओभरको अन्तिम बलमा नेपालले आकाशलाई गुमाएको थियो । उनी मधुलन कुगाथाको बलमा ३३ बलमा १९ रन बनाउँदै आउट भएका थिए ।
नेपालले अहिले २८औं ओभरको समाप्तीमा ३ विकेट गुमाएर १ सय ३ रन बनाएको छ । क्रिजमा ओपनर मयन यादव र नरेन भट्ट छन् ।
त्यसअघि युएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय ३३ रन बनाएको थियो ।
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।