3 months ago
November 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न स्कटल्यान्डका ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।
मक्मलेन शुक्रवार नेपाल आइपुगेका हुन् । मक्मलेनलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरेका थिए ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो ।
सुदूरपश्चिममा स्कटल्यान्डका ब्रान्डन मक्मलेनका अलावा न्युजिल्यान्डका स्कट कुगेलेइन, इङ्ग्ल्यान्डका सेफ अलि जेब, र युएईका रोहन मुस्तफा विदेशी खेलाडीहरु टोलीमा समावेश गरेको छन् । मुस्ताफा बाहेकका सबै खेलाडी नेपाल आइपुगिसकेका छन् ।
सुदूरपश्चिमको मार्की खेलाडीमा अलराउन्डर दिपेन्द्र सिंह ऐरी रहेका छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् ।
त्यस्तै नेपाली खेलाडीहरुमा आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठलाई अक्सन मार्फत टिममा भित्र्याएको थियो । अर्जुन र नरेन भने हाल यू १९ टोलीमा रहेर एसिया कपको खेलिरहेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा शनिवार देखि पुस ६ गतेसम्म एनपिएलको पहिलो संस्करण हुँदैछ । मंसिर १८ गते विराटनगर किङ्ससँग खेल्दै सुदूरपश्चिमले लिगको सुरुवात गर्नेछ ।
सुदूरपश्चिम रोयल्सको खेलतालिका
मंसिर १८ गते – विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २० गते – काठमाडौं गुर्खाजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते – लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २३ गते – चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २६ गते – जनकपुर बोल्ट्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर ३० गते – पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
पुस १ गते – कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]
February 25, 2025
एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।