default_image

3 months ago

November 29, 2024

हेमन्तले दिलाए नेपाललाई पहिलो सफलता

898 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली यु १९ टिमका कप्तान हेमन्त धामीले यु १९ एसिया कपमा नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

युएईमा आजबाट सुरु प्रतियोगिताको पहिलो खेलमा श्रीलंका यु १९ टोलीविरुद्ध हेमन्तले पहिलो विकेट लिएका हुन् ।

हेमन्तले श्रीलंका टोलीका ओपनर पुलिन्दु परेरालाई तेस्रो ओभरको पहिलो बलमा आउट गराएका हुन् । परेरा ७ बलमा २ रन बनाउँदै आउट भएका हुन् ।

श्रीलंकाले तेस्रो ओभरको समाप्तीमा १ विकेट गुमाएर १४ रन बनाएको छ । नेपाल युएइकाे सारजाहमा टस जितेर बलिङ गरिरहेकाे छ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.