default_image

3 months ago

November 28, 2024

जनकपुर बोल्ट्सलाई दुई कम्पनीको प्रायोजन

948 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले दुई प्रायोजकसंग बिहीवार सम्झौता गरेको छ ।

अलग अलग कार्यक्रमकाबीच जनकपुरले गोल्ड प्रायोजकको रुपमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्टनरको रुपमा नेपाल ल्युब आयल लिमिटेडको गल्फसंग सम्झौता गरेको हो ।

जनकपुर बोल्ट्स र टेक्नो मोबइल बीच ३ वर्षका लागि सम्झौता भएको हो । सम्झौतमा जनकपुर बोल्ट्सका महाप्रवन्धक निरज खतिवडा र टेक्नो मोबाइलको आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत ( सिइओ) सन्तोष भण्डारीले सम्झौता गरेका थिए । सम्झौताको रकम भने खुलाइएको छैन ।

सो अवसरमा टेक्नो मोबाइलका ग्लोबल हेड चाल्र्स गोङ, महालक्ष्मी मोबाइल्स प्रालीका सिओओ राजेश पौडेलको पनि उपस्थित थियो । गोङले जनकपुरले एनपिएलको उपाधि जितेमा टोलीका सम्पूर्ण सदस्यलाई चीन भ्रमण गराउने घोषणा गरेका थिए ।

महालक्ष्मी मोबाइल्स प्रालिका सिइओ भण्डारीले विगतमा ब्रान्ड एडम्सको कार्यक्रम नेपालमा आयोजना भएको सबै भन्दा ठूलो कार्यक्रम रहेको स्मरण गर्दै अहिलेको माहोल हेर्दा एनपिएल ठूलो हुने संभावना रहेको बताए।

टेक्नोले यसअघि नै आरिफ र आशिफ शेख दाजु भाईलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको थियो । आसिफ जनकपुर बोल्ट्सका मार्की खेलाडी हुन् । कार्यक्रममा आसिफ र ललित राजवंशी पनि उपस्थित थिए ।

जनकपुरले गल्फलाई नयां प्रायोजकको रुपमा ल्याएको हो । यो सिजनमा जनकपुरसंग जोडिए वापत गल्फले ७ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता भएको नेपाल ल्युब आयल लिमिटेडका नायब महाप्रवन्धक दिवाकर मिश्रले जनाए ।

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनी र इन्डियन प्रिमियर लिगको टोली चेन्नई सुपर किंग्ससंग जोडिएको कम्पनी भएकाले अहिले सानो सम्झौतमा जनकपुरसंग आवद्ध भएको मिश्रले जनाए ।

उनका अनुसार गल्फको कम्पनी मधेश प्रदेश भएकाले पनि जनकपुरसंग जोडिएको हो । बोल्ट्सका महाप्रवन्धक निरज खतिवडाका अनुसार गल्फबाट आएको रकम अर्को वर्ष मधेश प्रदेशका आठै जिल्लामा ट्यालेन्ट हन्टमा खर्च गरिने बताए ।

जनकपुरले शनिबार विराटनगर किंग्ससंग एनपिएलको सुरुआत गर्दैछ ।

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

February 25, 2025

दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द

एजेन्सी – अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको च्याम्पियन्स ट्रफिको खेल वर्षाका कारण रद्द भएको छ । भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो । खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन् ।

Success

Thank you for your time.