default_image

3 months ago

November 28, 2024

ओमानका पूर्व कप्तान एनपिएल खेल्न नेपाल आइपुगे

581 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर कप(एनपिएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका ओमानका पूर्व कप्तान जिसन मक्सुद नेपाल आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीवार कर्णालीका मालिक झनक दत्त खनाल, सह–मालिक गृहेन्द्र घिमिरे लगायतले स्वागत गरेका थिए ।

मक्सुदले ओमानका लागि ७३ टि ट्वान्टी खेलमा १ हजार ३ सय ६९ रन तथा बलिङमा ५१ विकेट लिएका छन् । उनी नेपाली क्रिकेटसँग नजिकबाटै परिचित पनि छन् ।

कर्णालीमा ज्ञानेन्द्र प्रशिक्षक तथा तीव्र गतिका बलर सोमपाल कामी मार्की खेलाडी रहेका छन् । टोलीका विदेशी खेलाडीमा मक्सुदका अलावा हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन र भारतका शिखर धवन रहेका छन् । वाल्टन र हायत यसअघि नै नेपाल आइसकेका छन् ।

टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुलशन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।

यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल शनिवारदेखि पुस ६ सम्म हुँदैछ । मंसिर १७ मा जनकपुर बोल्ट्ससँग खेल्दै कर्णालीले लिग सुरुवात गर्नेछ ।

एनपिएलमा कर्णाली याक्सको खेलतालिका

मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर १९ गते काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २१ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २२ गते विराटनगर किंग्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २५ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
पुस १ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

February 25, 2025

कैलाली प्रिमियर लिग – फाइनलमा पुर्नवास र भिमदत्त भिड्ने

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]

Success

Thank you for your time.