3 months ago
November 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीलाई प्याल्टफर्म एजुकेशन फाउन्डेसनले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
प्याल्टफर्मका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुनिल खतिवडा र ललितले बुधवार सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता ३ वर्षका लागि हुने कार्यक्रममा बताइएको छ । सम्झौता रकम भने खुलाइएको छैन ।
नेपाली क्रिकेट विकासमा सहयोग गर्न र खेलाडीलाई खेलेर जीवन निर्वाहको आधार तयार गर्न यो सम्झौता गरिएको सिइओ खतिवडाले बताए ।
क्रिकेटर ललितले फाउन्डेसनलाई धन्यवाद व्यक्त गर्दै फाउन्डेसनको प्रबर्द्धनमा आफूले सक्दो सहयोग गर्ने बताए । ललित अब आफ्नो क्रिकेट ब्याटमा प्याल्टफर्मकाे स्टिकर प्रयोग गर्नेछन् ।
ललित जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपिएल) खेल्ने तयारीमा छन्। जनकपुरले शनिवार विराटनगर किङ्सको सामना गर्दै एनपिएलको सुरुवात गर्नेछ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]