3 months ago
November 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय १ रनको सामान्य लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रनको सामान्य योगफल तयार गरेको थियो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।
पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।
६ देशको सहभागीता रहेको विश्व कपमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । २ सेमिफाइनलका विजेताबीच डिसेम्बर ३ मा फाइनल खेल रहेको छ ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]