3 months ago
November 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ई-प्लानेट नेशनल हाईस्कुल क्रिकेट च्याम्पियनसिप पुसको पहिलो साताबाट सुरु हुने भएको छ ।
हाइपयेती इभेन्ट्स र ई-प्लानेटको संयुक्त आयोजनामा हुने यस प्रतियोगिता दुई चरणमा आयोजना हुनेछ । पहिलो चरणको प्रतियोगिता सातै प्रदेशमा आयोजना हुनेछ । प्रत्येक प्रदेशको विजेता टोली काठमाडौंमा हुने अन्तिम चरणका लागि छनोट हुनेछ ।
दोस्रो चरणको प्रतियोगिता माघ ९ देखि माघ १२ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताका खेलहरु टि-टेन फर्म्याटमा हुनेछ । हरेक प्रदेशका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। काठमाडौंमा हुने अन्तिम चरणमा हरेक प्रदेशका विजेता र आयोजकसहित ८ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीले मात्र भाग लिएका छन् । सहभागिता जनाउँने विद्यार्थीले परीक्षाको प्रमाणपत्र र प्रधानाध्यापकले प्रमाणित गरेको पत्र बुझाउँनु पर्नेछ ।
पहिलो चरणको प्रतियोगिता इटहरी, जनकपुर, बुटवल, पोखरा, सुर्खेत, धनगढी र काठमाडौंमा हुनेछ । दोस्रो चरणको प्रतियोगिता काठमाडौंमा हुने तथा विजेताले १ लाख तथा दोस्रो हुने ५० हजार रुपैयाँ पाउनेछ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]