3 months ago
November 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को तयारीमा रहेको जनकपुर बोल्ट्सले अभ्यास खेलमा लुम्बिनी लायन्सलाई हराएको छ ।
बुधबार भएको अभ्यास खेलमा जनकपुरले लुम्बिनीमाथि ९६ रनको फराकिलो जित हात पार्यो । जनकपुरले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.३ ओभरमा ६४ रन बनाउँदै अल आउट भयो ।
लुम्बिनीका लागि सन्दीप जोराले १२ तथा सुर्य तामाङले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका लागि मोहसिनले ३, ललित राजवंशी र शेर मल्लले समान २ तथा ओमकार यादवले १ विकेट लिए ।
त्यसअघि मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार गरेको थियो ।
जनकपुरका लागि ओपनर अनिल शाहले ३४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४८ तथा शुभ कसांकारले २४ बलमा २८ रन जोडेका थिए । मोहशिनले २३ बलमा २५, शेर मल्लले १४ बलमा २१ तथा कप्तान आसिफ शेखले ११ रन बनाएका थिए । लुम्बिनीका लागि अभिषेकले २ तथा सुर्य तामाङ, दिनेश अधिकारी र विवेक यादवले समान १ विकेट लिए ।
आगामी शनिवारबाट एनपिएलको पहिलो संस्करण सुरु हुँदैछ । लिगमा भने मंसिर २३ गते आइतबार यी दुई टोलीको खेल रहेको छ ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]