3 months ago
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को टोली सुदुरपश्चिम रोयल्सले चितवन राइनोजलाई पराजित गरेको छ ।
एनपिएलको तयारीमा रहेका दुवै टोलीबीचको अभ्यास खेलमा सुदूरपश्चिमले चितवनमाथि ३८ रनको जित हात पारेको हो । सुदूरपश्चिमले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र जोड्यो ।
चितवनका लागि शरद भेषवाकरले १९ बलमा ३०, ओपनर दिपक बोहोराले १७ बलमा २०,कुशल मल्लले १२ तथा अर्का ओपनर हसन इसाखिलले १० रन जोडे । सुदूरपश्चिमका लागि भोजराज भट्ट, इशान पान्डे र अभिनास बोहोराले समान २ तथा बसन्त खत्री र शुसिल रावलले समान १ विकेट लिए ।
त्यसअघि मुलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले २५ बलमा नट आउट रहदै ४८ तथा ओपनर इशान पान्डेले २३ बलमा २७ रन जोडेका थिए । अर्का ओपनर अमित श्रेष्ठले २१, बसन्त खत्रीले १५ तथा खडक बोहोरा र आरिफ शेखले समान १० रन बनाएका थिए ।
चितवनका लागि कुशल मल्ल र दिपक बोहोराले समान २ तथा गौतम केसी र नरबहादुर सार्कीले समान १ विकेट लिए । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा आगामी शनिवारबाट एनपिएल सुरु हुदैछ । सुदूरपश्चिम र चितवनबीचको खेल भने मंसिर २३ गते आइतवार रहेको छ ।
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीको फाप्लामा जारी कैलाली प्रिमियर लिग – ३ को उपाधिका लागि कञ्चनपुरकै दुई टोली पुनर्वास नगरपालीका बी र भिमदत्त भिड्ने भएका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि वाकओभर पाएर कञ्चनपुरको पुनर्वास बी फाइनलमा प्रवेश गरेको छ । टसको समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास […]