3 months ago
November 26, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली कर्णाली याक्समा अनुबन्ध भएका वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगेका छन् ।
वाल्टन मंगलवार काठमाडौं आइपुगेका क्लबले जनाएको छ । विमानस्थलमा वाल्टनलाई कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सह मालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए।
सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले ४ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । उनी एनपिएल खेल्ने सबैभन्दा ठूलो नाम हुो ।
त्यस्तै, टोलीले वेस्ट इन्डिजबाट वाल्टन र भारतका धवनका अलावा हङकङका खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिशन मक्सूदलाई अनुबन्ध गरेको छ ।
टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुलशन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।
यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेसडर सिसन बानियाँ छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ । मंसिर १७ मा जनकपुर बोल्ट्ससँग खेल्दै कर्णालीले एनपिएलको सुरुवात गर्नेछ ।
एनपिएलमा कर्णाली याक्सको खेलतालिका
मंसिर १७ गते जनकपुर बोल्ट्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर १९ गते काठमाडौं गुर्खाजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २१ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २२ गते विराटनगर किंग्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २५ गते पोखरा एभेन्जर्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २८ गते लुम्बिनी लायन्सविरुद्ध बिहान ९ः१५ बजे
पुस १ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]