1 month ago
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेसनलले मुख्य प्रायोजन गरेको छ।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्स र डिएनएबीच मंगलवार सम्झौता भएको छ। बोल्ट्सका प्रबन्ध निर्देशक निरज खतिवडा र डिएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डिएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो ।
जनकपुरका अमित श्रेष्ठले टाइटल्स स्पोन्सरको रुपमा डिएनए इन्टरनेसनल नेपाललाई हामी जनकपुर बोल्ट्समा स्वागत गर्दछौं ।
उनले भने,’ एनपिएलका लागि जनकपुरको राम्रो तयारी भइरहेको छ । डिएनए इन्टरनेसनल नेपालको साथले हामीलाई व्यवासीयक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुगेको छ । एनपिएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डिएनए इन्टरनेसनल नेपालले पनि उचाई छुने हामीले विश्वास लिएका छौं ।’
डिएनएमा प्रबन्ध निर्देशक घिमिरे भने, ‘जनकपुर बोल्ट्समा आवद्ध हुने मौका पाउनु हाम्रो लागि ठुलो सौभाग्य हो । हाम्रो कम्पनीले नेपालमा व्यवसाय गर्दै आएको छ, पछिल्ला केही वर्षमा यसले ठुलो इभेन्टसंग पनि आवद्ध हुदैं आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथमा हामीले ठुलो प्लेटफर्म पाएका छौं ।’
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्सका अन्य विदेशी लाहिरु मिलान्था लगायतका खेलाडी छन् ।
मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । प्रशिक्षक पुबुदु, आसिफलगायतले टोलीको एनपिएल जर्सी प्रर्दशन गरेका थिए।
सोहि अवसरमा डिएनएले जनकपुरले एनपिएल जितेमा प्रत्येक खेलाडीलाई १ लाख र फाइनल पुगेमा ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ।
December 27, 2024
एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गत चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध भारतले खराब सुरुवात गरेको छ । अस्ट्रेलियाको मेलवर्न क्रिकेट स्टेडियममा जारी टेस्टमा भारतले पहिलो इनिङको सुरुवात खराब गरेको हो । दोस्रो दिन शुक्रवारको खेल सकिदा भारतले ५ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाएको छ । ऋषभ पन्त ६ र रविन्द्र जडेजा ४ […]
December 26, 2024
सुनिल गाउँले, सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन जनकपुर बोल्ट्सले मधेश प्रदेशको आठै जिल्लामा ‘ट्रफी परेड’ आयोजना गर्ने भएको छ । जनकपुरले बिहीवार फेसबुक पेज मार्फत ‘ट्रफी परेड’ को जानकारी दिएको हो । शुक्रवार सुरु हुने परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । शनिवार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ […]
December 26, 2024
सुनिल गाउँले,सिमरा नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्ट्सका आसिफ शेख र दोस्रो भएको सुदूरपश्चिम रोयल्सका आरिफ शेखलाई बिहीवार सम्मान गरिएको छ । वीरगन्ज महानगरपालिका १० को कार्यालयले जनही ५१ हजार रुपैयाँ र प्रशंसा पत्रसहित सम्मान गरेको हो । वीरगन्जका आशिफ र आरिफ दाजुभाइ हुन् । सम्मान कार्यक्रममा वडाध्यक्ष सुशीलकुमार कानुले एनपिएलमा उत्कृष्ट प्रदर्शन […]