2 months ago
November 25, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को दोस्रो दिनको अक्सन जारी रहँदा भुवनेश्वर कुमार सबैभन्दा अहिले सम्मका सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
साउदी अरबमा जारी अक्सनको दोस्रो दिन धेरै खेलाडीमाथि बोली नलाग्दा भुवनेश्वर कुमार भने दिनकै महँगो खेलाडी बनेका छन् । उनीमाथि रोयल च्यालेन्जर्स बेंग्लुरुले १० करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरेको छ ।
तीव्र गतिका बलर दीपक चाहरलाई मुम्बई इन्डियन्सले ९ करोड २५ लाख , आकाश दीपलाई लखनउ सुपर जायन्ट्सले ८ करोड , मुकेश कुमारलाई दिल्ली क्यापिटल्सले ८ करोड , तीव्र गतिको बलिङ अलराउण्डर मार्को यानसनलाई पञ्जाब किंग्सले ७ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेका थिए ।
आइपिएलमा शार्दुल ठाकुर, केन विलियम्सन र अजिन्क्या रहानेजस्ता स्थापित खेलाडीसहित धेरै खेलाडीहरू अनसोल्ड भएका थिए। पृथ्वी शाको आधार मूल्य ७५ लाख मात्र भए तापनि उनको लागि कुनै पनि टिमले बोली लगाएनन् ।
आइपिएल २०२५ को पहिलो दिन जेद्दाहमा भएको अक्सनको पहिलो दिन पन्जाबले श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा किनेको थियो । त्यसपछि लखनउले ऋषभ पन्तलाई इतिहासकै सर्वाधिक मुल्य २७ करोड भारतीय रुपैयाँमा किनेको थियो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]